काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

कांग्रेस बदलिएको सन्देश: दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री हुन नदिने प्रस्ताव

लमजुङबाट प्रचार अभियान सुरु गर्दै विश्वप्रकाश शर्माको राजनीतिक संस्कार र शासन सुधारमा जोड

1.51K
shares

लमजुङ ।निर्वाचन प्रचार अभियानको पहिलो दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन, भाषण र शासनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लमजुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उनले बदलिएको कांग्रेसले अब देशको राजनीतिक संस्कारमै परिवर्तन ल्याउने बताए।कुनै पनि व्यक्ति सत्तामा निरन्तर बसिरहने परम्परा अन्त्य गर्न संविधानमै ‘१/२/३/४’ नीति अंकित गर्ने उल्लेख गर्दै उनले अब उप्रान्त प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था गरिने धारणा राखे।उनले चुनावी मैदानमा गालीगलौजभन्दा प्रेम र सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। स्वस्थ आलोचना स्वाभाविक भए पनि एकअर्कालाई गाली गरेर राजनीति स्वस्थ नहुने उनले बताए। चुनाव जित्ने नाममा असम्भव आश्वासन बाँडेर समाजमा निराशा फैलाउने काम नगर्न पनि उनले आग्रह गरे।देशको शासन प्रणालीमा आवश्यक सुधारका विषयमा कांग्रेसले गहिरो अध्ययन गरिसकेको दाबी गर्दै उनले युवापुस्ताको विद्रोही भावनाअनुसार सुधार, परिमार्जन र समग्र परिवर्तन सम्भव बनाउने बताए। देश जान्दछ कांग्रेस बदलिएको छ, र जो बदलिन सक्छ उसैले बदल्न सक्छ, उनले भने।

त्यस अवसरमा कांग्रेस लमजुङ जिल्ला कार्यालय भवन उद्घाटन तथा बीपी कोइरालाको सालिक अनावरण पनि गरिएको थियो।