काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

कांग्रेसको १५औँ महाधिवेशनः उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ र मधु आचार्यले २ हजार ३४२ मत पाए; समावेशीतर्फ विनोदकुमार चौधरी १ हजार ७४५ मतसहित विजयी।

806
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका छन् भने समावेशीतर्फ विनोदकुमार चौधरी विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार खुलातर्फ सर्वाधिक मत प्राप्त गरेका भण्डारीले ३ हजार ७३५ मत पाए। अर्का विजयी उम्मेदवार आचार्यले २ हजार ३४२ मत प्राप्त गरे।

उपसभापतिको खुलातर्फ प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे।

समावेशी उपसभापतिमा विनोद चौधरी विजयी

उपसभापतिको समावेशीतर्फ एक पदमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्। उनले १ हजार ७४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारे।

समावेशीतर्फका अर्का उम्मेदवार जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनले पार्टीको आगामी नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ।