कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेसम्म सारियो
बिहान १० बजे सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि, ७ हजार २५५ प्रतिनिधिले मतदान गर्ने
वि.सं.२०८३ असोज २२ बिहीवार १०:१७
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहीबार हुने भनिएको मतदानको समय फेरि सारिएको छ।निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुनेछ।
महाधिवेशनको पाँचौँ दिन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुन लागेको हो। मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुनेछन्।मतदानबाट कांग्रेसको नयाँ सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन हुनेछन्।यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। पछि भारी वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदानको समय बिहान १० बजेसम्म सारिएको थियो। अहिले पुनः मतदानको समय दिउँसो १ बजेसम्म सारिएको हो।मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।















