काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ

पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले गराए सपथ

702
shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छन्।बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष पदको सपथ गराएका हुन्।असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो।भण्डारीले वरिष्ठ नेताको पदमा सपथ लिएपछि एमाले स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ।