काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

डा. चन्द्र भण्डारीको प्रतिबद्धता : ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भावनाका साथ अघि बढ्ने

कांग्रेस उपसभापतिमा निर्वाचित भण्डारीद्वारा महाधिवेशन प्रतिनिधि र शुभेच्छुकप्रति आभार व्यक्त

598
shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले पार्टीमा सामूहिक भावना, एकता र सहकार्यलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उपसभापतिमा निर्वाचित भएपछि भण्डारीले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा साथ र समर्थन प्रदान गर्ने शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका हुन्।उनले आफूलाई प्राप्त विश्वास र भरोसालाई सधैँ सम्मान गर्ने उल्लेख गर्दै त्यसलाई व्यवहारबाट प्रमाणित गर्ने प्रतिबद्धता जनाएका छन्।‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ भण्डारीले भनेका छन्, ‘सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।’उनको अभिव्यक्तिले पार्टीभित्र व्यक्तिगत स्वार्थभन्दा सामूहिक प्रयास र साझा जिम्मेवारीलाई महत्व दिने सन्देश दिएको छ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट भण्डारी उपसभापतिमा निर्वाचित भएका हुन्। उनले ३ हजार ७ सय ३५ मत प्राप्त गरेका छन्।

निर्वाचनपछि व्यक्त गरेको प्रतिबद्धतामार्फत भण्डारीले आफूलाई समर्थन गर्ने प्रतिनिधि तथा शुभेच्छुकको भरोसा कायम राख्दै पार्टीको जिम्मेवारी पूरा गर्ने संकेत गरेका छन्।