काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

१५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित, प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले पाए ३७५ मत

१५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित, प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले पाए ३७५ मत

819
shares

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो। त्यसमध्ये ५४ मत बदर भएको छ।कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्। खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले आफ्ना प्रतिस्पर्धी खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।

थापाको यो जितलाई नेपाली कांग्रेसभित्रको नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानसँग जोडेर हेरिएको छ। यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीको नेतृत्व र संगठनलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने पक्षमा सक्रिय थिए।

तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयलाई लिएर बहस भएको थियो।

त्यसपछि सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनमा भारी मत प्राप्त गर्दै थापा सभापतिमा विजयी भएका हुन्। उनको नेतृत्वमा कांग्रेसको संगठनात्मक सुधार, पार्टी सञ्चालनको शैली र आगामी राजनीतिक रणनीति कस्तो हुने भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

निर्वाचनको मतपरिणाम

  • गगनकुमार थापा : ६ हजार ५८४ मत
  • श्यामकृष्ण खड्गी : ३७५ मत
  • कुल खसेको मत : ७ हजार १३
  • बदर मत : ५४
  • थापाको मत प्रतिशत : ९३.८८ प्रतिशत
  • खड्गीको मत प्रतिशत : ५.३५ प्रतिशत
  • बदर मत प्रतिशत : ०.७७ प्रतिशत