काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

पृथ्वी राजमार्ग अवरुद्ध : गल्छीमा ग्यास बुलेट पल्टियो, गलौंदीमा सडक भासियो

धादिङको मछेडी र गलौंदीमा समस्या, अर्को सूचना जारी नभएसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द

884
shares

धादिङ । धादिङको गल्छी नजिकै मछेडीमा ग्यास बुलेट पल्टिनुका साथै गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरेको छ।

गल्छी नजिकै मछेडीमा ग्यास बुलेट पल्टिएको छ भने काठमाडौं जानेतर्फ गजुरी गाउँपालिका–५ गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएको छ। दुई स्थानमा समस्या उत्पन्न भएपछि राजमार्गको आवागमन प्रभावित भएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै पृथ्वी राजमार्गअन्तर्गत गलौंदी क्षेत्रमा सडक भासिएकाले सवारी आवागमनमा पूर्ण रोक लगाइएको जनाएको छ।प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं. ५ गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानको कारण सडक भासिन गई समस्या उत्पन्न भएको कारणले गर्दा उक्त राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनहरूको आवागमन अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सम्बन्धित सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

राजमार्गमा आवागमन बन्द गरिएसँगै पृथ्वी राजमार्ग भएर काठमाडौं आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सडक पुनः सञ्चालन हुने समयबारे प्रशासनले अर्को सूचना जारी गर्न बाँकी छ।