चितवन-२: मुख्य प्रतिष्पर्धा काँग्रेस–रास्वपाबीच
फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनावमा चितवन-२ क्षेत्र प्रमुख निर्वाचन क्षेत्र, २३ जना उम्मेदवार, रवि लामिछानेको प्रभावमा चुनौती
वि.सं.२०८२ माघ २९ बिहीवार १०:२०
shares
काठमाडौँ । बागमती प्रदेशको चितवन-२ प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी समाजसेवी मीना खरेल बीच मुख्य भिडन्त हुने देखिन्छ।
चितवन-२ अन्तर्गत इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिका (वडा १–५, ७, १०–१२, २९) का वडाहरू पर्छन्। निर्वाचन आयोगका अनुसार क्षेत्रका मतदाता १,३७,१५२ जना छन् र १५२ मतदान केन्द्र तोकिएका छन्।पछिल्लो निर्वाचनमा रवि लामिछानेले ठुलो मतान्तरले जितेका थिए। २०८० मा भएको उपनिर्वाचनमा उनले ५४ हजार १७६ मत पाए, दोस्रो स्थानमा काँग्रेसका जीत नारायण श्रेष्ठ (११ हजार २१४) थिए।
यस पटक चितवन-२ मा २३ जना उम्मेदवार छन्। रास्वपाबाट रवि, काँग्रेसबाट मीना खरेल, एमालेबाट अस्मिन घिमिरे र नेकपाबाट प्रताप गुरुङ मैदानमा छन्।विश्लेषकका अनुसार रास्वपामा सामाजिक सञ्जाल र मिडियाको लहर भएपनि, काँग्रेसले खरेललाई रणनीतिक उम्मेदवार बनाउँदा रविलाई चुनौती हुन सक्ने देखिएको छ। धेरै मतदाताले रविविरुद्धका मुद्दा र उपनिर्वाचनको सम्भावनाप्रति सचेत रहेका छन्।
मीना खरेल महिला अधिकार, बालबालिका संरक्षण र आर्थिक आत्मनिर्भरता कार्यक्रममा सक्रिय रहेकी छन्। यसले काँग्रेसका लागि मतदातामा सकारात्मक प्रभाव पार्ने अनुमान छ।चितवन-२ मा मुख्य प्रतिष्पर्धा यस निर्वाचनमा रास्वपा–कांग्रेस बीच रहने देखिन्छ, जबकि एमालेले युवा उम्मेदवार दिएका भए पनि प्रभाव सीमित रहने सम्भावना छ।
















