काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

श्री सिद्धि मङ्गल माविको ७०औँ वार्षिक उत्सव सम्पन्न

उप–प्रमुख लक्ष्मी महर्जनको प्रमुख आतिथ्यमा कार्यक्रम, शैक्षिक योगदानको प्रशंसा

2.78K
shares

ललितपुर। महालक्ष्मी नगरपालिका–६, सिद्धिपुरस्थित श्री सिद्धि मङ्गल माध्यमिक विद्यालयको ७०औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रम महालक्ष्मी नगरपालिका, ललितपुरकी उप–प्रमुख लक्ष्मी महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि महर्जनले विद्यालयले सात दशकदेखि शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदान उल्लेखनीय रहेको बताइन्। उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, अभिभावक र स्थानीय तहबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरिन्।

उनले विद्यालयको ७०औँ वार्षिक उत्सवको अवसरमा विद्यालय परिवार, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरिन्।कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा अन्य सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।

 

 

श्री सिद्धि मङ्गल माविको ७०औँ वार्षिक उत्सव कार्यक्रम