काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुने

राष्ट्रियसभामा उपाध्यक्ष चयन प्रस्ताव र मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस हुने कार्यसूची

845
shares

काठमाडौं, २३ चैत । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ भने राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा सुरु हुनेछ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२,नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२, स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।यस्तै, राष्ट्रियसभाको बैठकमा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

आज बस्ने दुवै सदनका बैठकलाई अध्यादेश स्वीकृति, राष्ट्रियसभाको नेतृत्व चयन तथा संवैधानिक निकायको प्रतिवेदन प्रस्तुतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।