काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

507
shares

काठमाडौं, ३ भदौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ।

बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र नेपाल भारत विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले कर्मचारी सञ्चय कोष दसौँ संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने। युवा तथा रोजगारमन्त्री रामजी यादव ले बालश्रम  निषेध तथा नियमित गर्ने  विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता संसदमा पेस गर्ने।प्रतिनिधिसभाको आजको बैठकमा श्रम, सामाजिक सुरक्षा तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयहरू प्रमुख एजेन्डाका रूपमा रहनेछन्।