काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजे बैठक...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रदेखि विभिन्न विधेयकमाथि छलफलसम्म

143
shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजे बैठक बस्न लागेको हो। बैठकको सुरुआतमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।त्यसपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न दर्ता भइसकेको संघीय संसद्को अभिलेखमा उल्लेख छ। 

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।प्रतिनिधिसभाको बैठकसँगै आज विभिन्न संसदीय समितिका बैठकसमेत बस्ने कार्यतालिका रहेको छ।