काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४११ जनाको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत हुने

546
shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख व्यक्त गर्नेछन्।

उक्त प्राकृतिक विपद्मा ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको तथा धेरै नागरिक अझै बेपत्ता रहेको घटनाप्रति प्रतिनिधिसभाले शोक व्यक्त गर्नेछ।त्यसैगरी, बाढीका कारण घरबारविहीन भएकाहरूको व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्ने कार्यसूचीसमेत रहेको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।