काठमाडौं, २६ साउन । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आज प्रतिनिधिसभाको बैठक बस्दै, शोक प्रस्तावदेखि कानुन संशोधन विधेयकसम्म छलफल हुने

पूर्वसांसद गोपालमान श्रेष्ठप्रति शोक प्रस्ताव प्रस्तुत गरिने, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पनि पेश हुने

936
shares

काठमाडौं, १४ साउन । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

यसैबीच, सङ्घीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक पनि आज बिहान ११ बजे बस्दैछ। समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने कार्यसूची रहेको छ।