काठमाडौं, ९ भदौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज बस्दै छन् ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आज संघीय संसद्का दुवै सदन बस्दै, महत्वपूर्ण विधेयक अघि बढाइँदै

प्रतिनिधिसभामा नेपाल कानुन आयोग र बालश्रमसम्बन्धी विधेयक, राष्ट्रियसभामा विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने तयारी

143
shares

काठमाडौं, ९ भदौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज बस्दै छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजेका लागि बोलाइएको छ ।

आजका दुवै बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने, छलफल अघि बढाउने तथा दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची रहेको छ ।प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसैगरी मन्त्री गौतमले मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । साथै, संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पनि पेस गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले  बालश्रम  निषेध तथा नियमित गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।उता, राष्ट्रियसभाको बिहानको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३  लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।आजका बैठकबाट विभिन्न कानुनी तथा विधायनसम्बन्धी प्रक्रियालाई थप अगाडि बढाउने तयारी गरिएको छ । विशेषगरी कानुन आयोग, मेलमिलाप, बालश्रम तथा विशेष सेवासम्बन्धी विधेयकका कारण आजको संसद् बैठकलाई विधायनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।