आजको राशिफलः २०८३ भदौं १० गते बुधवार, कुन राशिलाई कस्तो छ आजको दिन ?
मेषदेखि मीन राशिसम्मको दैनिक राशिफल, शुभ समय र यात्राका लागि शुभ साइतसहित
वि.सं.२०८३ भदौ १० बुधवार ०९:०६
shares

वि.सं.२०८३ साल भाद्र १० गते । बुधबार । ईश्वी सन् २०२६ अगष्ट २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–त्रयोदशी, बिहान ७ बजेर १९ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–श्रवण, रातको १ बजेर २६ मिनेट उप्रान्त धनिष्ठा । योग–सौभाग्य, बिहान ९ बजेर ४३ मिनेट उप्रान्त शोभन ।
करण–तैतिल, बिहान ७ बजेर १९ मिनेट उप्रान्त गर, बेलुकी ७ बजेर ५८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मकर । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ४० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ५ पला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामाजिक नयाँ जिम्मेवारी थपिने योग छ। मेहनत गरेको कामबाट राम्रो परिणाम हात पर्नेछ। आर्थिक विषयमा आम्दानी बढ्नेछ।मनमिल्ने मान्छेसँगको भेटले मनमा उत्साह थप्नेछ।आजको शुभ रंग केशरी होभने शुभ अंक ५ रहेकोछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – काम पूरा गर्ने अवसर साथै गरेको कामको प्रतिफल एकैसाथ मिल्नेछ। आम्दानी बढाउने नयाँ उपायबारे सोच आउन सक्छ। गुरुजनसँगको भेटले केही नयाँ कुरा सिकाउनेछ। घरायसी काममा व्यस्तता बढ्न सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज नयाँ कुरा सिक्ने र आफ्नो ज्ञान बढाउने मौका मिल्नेछ। काममा देखाएको लगनको प्रशंसा हुनेछ। छोटो यात्राले नयाँ अनुभव दिलाउनेछ। कार्य चयन गर्दा आवश्यकतालाई पहिलो प्राथमिकता दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आर्थिक कारोबारमा राम्रो सुधार देखिनेछ। गोप्य योजना अघि बढाउन समय मिल्नेछ। परिवारका सदस्यसँग महत्त्वपूर्ण कुराकानी हुन सक्छ। छोटो धार्मिक यात्राको योग रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा तपाईंको निर्णयलाई अरूले पनि महत्व दिनेछन्। नयाँ जिम्मेवारीले व्यस्तता बढाए पनि फाइदा हुनेछ। रिसमा बोलिको संयमता नगुमाउनुहोला। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज योजना मिलाएर अघि बढ्दा धेरै काम सहजै पूरा हुनेछन्। कागजी वा प्रशासनिक काममा राम्रो प्रगति हुनेछ। अनावश्यक खर्चतर्फ भने ध्यान दिनु आवश्यक छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ व्यापारिक संयोगको योग रहेको छ। सहकार्यबाट कुनै महत्त्वपूर्ण काम पूरा हुने देखिन्छ। अरूको कुरामा तुरुन्त प्रतिक्रिया दिनुभन्दा सोचेर बोल्नु राम्रो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कठिन काम सम्हाल्ने आत्मबल बढ्नेछ। पुरानो प्रयासबाट आर्थिक लाभ हुनेछ। आफ्नो निर्णयमा विश्वास राख्दा नयाँ अवसर प्राप्तिको योग छ। गोप्य कुरा अरूसँग बाँड्नु उचित हुने छैन। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अध्ययन र नयाँ सीप सिक्ने विषयमा उत्साह बढ्नेछ। भविष्यका लागि राम्रो योजना बनाउने अवसर मिल्नेछ। समयलाई सही ठाउँमा प्रयोग गर्न सके उपलब्धि हात पर्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आत्मविश्वास र कामप्रतिको लगाव बढ्नेछ। आफ्नो कुरा स्पष्ट रूपमा राख्दा लाभ हुनेछ। नयाँ जिम्मेवारीले भविष्यमा राम्रो बाटो खोल्नेछ। अनावश्यक चिन्ता गरेर समय खेरा नफाल्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज केही समय एकान्तमा बसेर आफ्ना योजना मिलाउन मन लाग्नेछ। साथीको एउटा उपयोगी सुझावले निर्णय लिन सजिलो बनाउनेछ। सावधानी अपनाएर खर्च गर्दा राम्रो हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आफूले जानेको सीप प्रयोग गर्दा राम्रो अवसर हात पर्न सक्छ। आर्थिक लाभसँगै नयाँ चिनजान पनि बढ्नेछ। स्वास्थ्यलाई बेवास्ता नगरी समयमै आराम गर्नु राम्रो हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।















