काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

रास्वपाद्वारा स्थानीय चुनावको तयारी तीव्र, उम्मेदवार छनोट रूपरेखा पारित

‘राइट टु रिकल’ दस्ताबेज बनाउन ११ सदस्यीय समिति गठन, नयाँ पदाधिकारी र विभागीय प्रमुख पनि तोकिए

247
shares

काठमाडौं, ५ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र चुनावी तयारीलाई तीव्र बनाएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटको रूपरेखा पारित गर्नुका साथै ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज तयार गर्ने र विभिन्न रिक्त पदमा मनोनयन गर्ने निर्णय गरेको हो।

महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार बैठकले ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ लाई प्राप्त सुझाव समेटेर अनुमोदन गरेको छ। साथै, केन्द्रीय उम्मेदवार छनोट समितिमा सहभागी हुन इच्छुक केन्द्रीय सदस्य तथा सांसदबाट नामावली माग गर्ने निर्णय पनि गरिएको छ।रास्वपाले उम्मेदवार छनोट प्रक्रिया र निर्वाचनसम्बन्धी अभिमुखीकरणका लागि केन्द्रीय सदस्य तथा सांसदलाई देशभरका ४६० गाउँपालिकामा परिचालन गर्ने भएको छ। यस अभियानको संयोजन सहमहामन्त्री निशा डाँगी ले गर्नेछिन्।बैठकले जनप्रतिनिधिले सन्तोषजनक काम नगरे फिर्ता बोलाउन सकिने लोकतान्त्रिक अभ्यास ‘राइट टु रिकल’ लाई नीतिगत रूपमा अघि बढाउने निर्णय गरेको छ।यसका लागि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ, जसले विस्तृत अवधारणापत्र तयार गर्नेछ।

त्यस्तै, मधेस प्रदेशमा जिल्ला र प्रदेश अधिवेशन अघि संगठनको अवस्था मूल्याङ्कन गर्न सहमहामन्त्री हरि ढकाल को नेतृत्वमा ५ सदस्यीय अडिट समिति गठन गरिएको छ। समितिमा मधेसबाहेकका प्रदेशका केन्द्रीय सदस्य मात्र रहने व्यवस्था गरिएको छ।पार्टीले आगामी असोज महिनादेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका समेत प्रकाशन गर्ने निर्णय गरेको छ।

पार्टीको साङ्गठनिक संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय समितिले पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागका प्रमुखहरूको मनोनयन गरेको छ । पार्टीको सह–महामन्त्रीमा पुरुषोतम सुप्रभात यादव, कोषाध्यक्षमा डा. मनोहर प्रधान र सह–कोषाध्यक्षमा बसुमाया तामाङलाई मनोनयन गरिएको छ । त्यसैगरी, प्रवक्ताको जिम्मेवारी ललितपुरका सांसद जगदीश खरेलले पाएका छन् भने सह–प्रवक्तामा डा. नमिता यादव र सुरेन्द्र चौधरी चयन भएका छन् । बैठकले पूर्वाधारमन्त्री सुनील लम्साल, गृहमन्त्री सुधन गुरुङ, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, लगायत ९ जनालाई नयाँ केन्द्रीय सदस्यका रूपमा मनोनयन गरेको छ ।

बैठकले महत्त्वपूर्ण विभागहरूको नेतृत्व पनि तोकेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की र पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी चयन भएका छन्। अर्थ विभागको नेतृत्व लिमा अधिकारी आचार्यले पाएकी छन् भने प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई तोकिएको छ ।

यस्तै, बैठकले गणेश पराजुली, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, इन्दिरा राना मगर, मनिष झा, शिशिर खनाल, समिक्षा बास्कोटा लगायत १३ जनालाई पार्टी सचिवालय सदस्यमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।