काठमाडौं, २५ भदौ। नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा भदौ २५ अर्थात् सेप्टेम्बर १० विभिन्न...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

‘मुसुमुसु हाँसिदेऊ’का गायक शान काठमाडौंमा

क्लब नोभामा शनिबार हुने सांगीतिक कार्यक्रममा करिब ४० चर्चित गीत प्रस्तुत गर्ने

585
shares

काठमाडौं, ५ भदौं । चर्चित भारतीय गायक शान्तनु मुखर्जी ‘शान’ सांगीतिक प्रस्तुतिका लागि शुक्रबार काठमाडौं आइपुगेका छन्।

ठमेलस्थित क्लब नोभा मा शनिबार राति आयोजना हुने विशेष लाइभ कन्सर्टमा प्रस्तुति दिन उनी नेपाल आएका हुन्। शान यसअघि सन् २०११ मा पनि नेपाल आएका थिए।सन् १९९९ मा प्रदर्शन भएको हिन्दी चलचित्र प्यार मे कभी कभी मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ ले उनलाई नेपाली स्रोतामाझ विशेष लोकप्रियता दिलाएको थियो। नेपाली शब्द र आकर्षक धुनका कारण उक्त गीत दुई दशकभन्दा बढी समयदेखि नेपालमा उत्तिकै रुचाइँदै आएको छ।यसपटकको काठमाडौं बसाइमा शानले पशुपतिनाथ मन्दिरको दर्शन, काठमाडौं उपत्यकाको भ्रमण तथा नेपाली परिकार मःम को स्वाद लिने योजना बनाएका छन्।आयोजकका अनुसार शनिबार रातिको कार्यक्रममा शानले आफ्ना करिब ४० चर्चित गीत प्रस्तुत गर्नेछन्, जसमा उनका सुपरहिट बलिउड गीतहरू पनि समावेश रहनेछन्।