काठमाडौँ । भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी (Gen-Z) प्रदर्शनका क्रममा घाइते...

पुरा पढ्नुहाेस्

पत्रकार बसन्त योगीको शब्द र कोमल वलीको स्वर रहेको तीज गीत “सिंगापुरे सारीमा” सार्वजनिक

897
shares

काठमाण्डाै, १६ साउन ।  चर्चित गायीका कोमल वलीको नयाँ तीज गीत “सिंगापुरे सारीमा” विहिबार सार्वजनिक भएको छ । यादव प्रसाद पन्त र बसन्त योगीको शव्द रहेको गीतमा स्वर कोमल वलीको रहेको छ, भने संगीत एवं एरेन्ज पुष्कर सुनुवारले गरेका छन् । विशेष गरी दर्जनौ लोक तथा दोहोरी गीतमा निकै चर्चा कमाएकी गायीका वलीले नेपाली चलचित्रका गीत समेत गाएकी छिन् । पछिल्लो समय राजनीतिमा होमिएकी गायीका वलीले यो बर्ष “सिंगापुरे सारीमा” लगाएतका तीज गितमा आफ्नो स्वर भरेकी छिन् । इच्छा अधिकारी र स्वमं कोमल वलीको अभिनय रहेको गीतको भिडियोको कोरियोग्राफि तथा निर्देशन प्रसान्त मगरले गरेका छन्, भने भिडियो दिनेश पराजुलीले खिचेका हुन् । गायीका वलीको बिहे गर्ने आश अझै नमरेको र त्यसका लागि भगवान शिव जीलाई पुकार गरेको आशय शब्दमा सुन्न पाईन्छ । भिडियो पनि भगवान शिवकै आरधना तथा पुजा गरी विहेको लगन नजुराई दिएको र यस पालिको तीजमा केही हुने अपेक्षलाई समेटिएर भिडियो निर्माण भएको छ । दंगाली गायीका भएकै र कोमल दिदीको बिहेकै बारेमा थिम तयार गरी गीत एवं भिडियो बजारमा ल्याएको रचनाकार तथा प्रोड्युसर यादव प्रसाद पन्तको भनाई छ । सात समुन्द्र पारी रहेर पनि नेपाली नारीहरुको महान पर्व तीजलाई मध्यनजर गरेर तीज गीत बजारमा ल्याको पन्तले बताए । गायीका वली दिदीले अत्यन्त राम्ररी गीत गायीदिएको र गीत र भिडियो पनि राम्रो भएकाले श्रोता दर्शकले मन पराईदिने पनि रचनाकार तथा प्रोड्युसर पन्तले बताए ।