‘AMIN’ अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८२ सम्पन्न, ज्ञानु राणा–अमर तण्डुकार दीर्घ साधना सम्मानित
काठमाडौंमा सम्पन्न पाँचौं संस्करणको राष्ट्रिय म्युजिक अवार्डमा विभिन्न भाषागत तथा सांगीतिक विधामा उत्कृष्ट स्रष्टा, कलाकार र व्यवसायीहरू सम्मानित भएका छन्।
वि.सं.२०८२ चैत २६ बिहीवार ११:२२
shares

काठमाडौं । नेपाल संगीत उद्योग संघद्वारा आयोजित “अथक शान्त साधक विश्वनाथ केडिया ‘AMIN’ अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८२” भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा संगीत, कला, व्यवसाय र समाजसेवाका क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको संघका महासचिव जित सागर रावत ले जानकारी दिए।विशिष्ट अतिथिहरूमा टाइटल स्पोन्सर तथा गोकुल मिल्कका सञ्चालक सुमित केडिया, दिनेश डीसी, भक्त हमाल, डा. सुबोध गुप्ता, हेमराज ढकाल, पशुपति पाण्डे, कमला श्रेष्ठलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


समारोहमा वरिष्ठ गायिका ज्ञानु राणा र वरिष्ठ गायक अमर तण्डुकार लाई “राष्ट्रिय दीर्घ साधना सम्मान”, वरिष्ठ कलाकार शिव श्रेष्ठ लाई “राष्ट्रिय कलाकारिता सम्मान”, तथा विभिन्न क्षेत्रका युवा व्यवसायी, समाजसेवी र उद्यमीहरूलाई विशेष सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक जानकी थापा मगर ले जानकारी दिइन्।नेपाल संगीत उद्योग संघका अध्यक्ष डा. सूर्यबहादुर मगर ले अवार्डको पाँचौं संस्करणसम्म आइपुग्दा सबैको निरन्तर साथ र सहयोगले कार्यक्रम सफल भएको भन्दै विजेताहरूलाई बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।यस वर्षको अवार्डमा नेवारी, मगर, लिम्बु, पप, लोकदोहोरी, आधुनिक तथा लोक–आधुनिक गीतसहित विभिन्न विधामा उत्कृष्ट कलाकार, गायक–गायिका, संगीतकार, मोडल र स्रष्टाहरूलाई पुरस्कृत गरिएको थियो।
पब्लिक च्वाइस अवार्डतर्फ नारायण खतिवडा ले “दुःख देखाएर के काम काट” बाट उपाधि जिते भने अनिल तुलाधर को “ऐला ऐला” तथा निर्मल रञ्जितकार ले नेवारी संगीततर्फ विशेष सफलता हासिल गरेका छन्।
















