काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

जापानभर नेपाली सामानको अनलाइन बिक्री सुरु, घरमै डेलिभरी सुविधा

ओसाकास्थित सुलभ मार्टले सुरु गर्‍यो अनलाइन सेवा, चामल, दाल, मसला र दैनिक उपभोग्य सामग्री अब वेबसाइटबाटै अर्डर गर्न सकिने

2.09K
shares

काठमाडौं । जापानमा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै सुलभ मार्ट ले जापानभर सामान डेलिभरी गर्ने सुविधासहित अनलाइन बिक्री सेवा सुरु गरेको छ ।

जापानको ओसाकामा नेपाली तथा एसियाली खाद्य सामग्रीको व्यवसाय सञ्चालन गर्दै आएको सुलभ मार्टले ग्राहकलाई सहज, छिटो र व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नो वेबसाइट www.sulavmart.com मार्फत अनलाइन किनमेल सेवा औपचारिक रूपमा सुरु गरेको जनाएको छ ।यस सेवामार्फत जापानका विभिन्न सहर तथा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले घरमै बसेर नेपाली खाद्य सामग्री, चामल, दाल, मसला, तेल, चाउचाउ, स्न्याक्स, फ्रोजन फुड तथा दैनिक उपभोग्य सामान अनलाइन अर्डर गर्न सक्नेछन् ।

विशेषगरी नेपाली सामान खरिद गर्न टाढाका पसलसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै जापानमा रहेका नेपाली समुदायलाई आफ्नै देशको स्वाद र दैनिक आवश्यकताका सामग्री सहज रूपमा उपलब्ध गराउनु सेवाको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ ।ग्राहकको सहजतालाई ध्यानमा राख्दै सुलभ मार्टले अनलाइन किनमेलका लागि क्रेडिट कार्ड, कम्बिनी स्टोरमार्फत भुक्तानी तथा बैंक ट्रान्सफरलगायतका विकल्प उपलब्ध गराएको छ ।ग्राहकलाई अझ सहज र सुविधाजनक रूपमा किनमेल गर्न सहयोग पुर्‍याउने उद्देश्यले निकट भविष्यमा अन्य डिजिटल भुक्तानी प्रणालीसमेत थप गर्दै लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

सुलभ मार्टका अनुसार ग्राहकले वेबसाइटमा उपलब्ध सामानमध्ये आफूलाई आवश्यक सामग्री छनोट गरी अनलाइन अर्डर गर्न सक्नेछन् । अर्डर गरिएका सामान जापानका विभिन्न क्षेत्रमा डेलिभरी गर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।यस सेवाबाट विशेषगरी नेपाली तथा एसियाली खाद्य सामग्री सहज रूपमा उपलब्ध नहुने जापानका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।सुलभ मार्टले अनलाइन सेवामार्फत नेपाली तथा अन्य एसियाली खाद्य सामग्री जापानका विभिन्न क्षेत्रमा रहेका ग्राहकसम्म पुर्‍याउने लक्ष्य राखेको छ ।कम्पनीले हालसम्म आफूलाई विश्वास र साथ दिँदै आएका सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सामान, उचित मूल्य, सहज किनमेल र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

अनलाइन सेवाबारे थप जानकारी लिन तथा सामान अर्डर गर्न ग्राहकले www.sulavmart.com मा जान सक्नेछन् ।