ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को नयाँ वडा कार्यालय उद्घाटन तथा जेष्ठ...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

मणिपालकाे बिषयलाई लिएर पोखरा महागनर पस्याे अख्तियार

7.33K
shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई दिएको राजस्व छुटका विषयमा छानबिन थालेको छ।

अख्तियार पोखराको टोलीले महानगरपालिका पुगेर मणिपाललाई नक्सा पासबापत दिएको राजस्व छुटबारे सम्पूर्ण कागजात लिएर अनुसन्धान थालेको प्रवक्ता जगदिशचन्द्र शिवाकोटीले बताए।‘मणिपाल अस्पताललाई राजस्व छुट दिँदा अपनाएका सम्पूर्ण कागजपत्र हामीले लिएका छौं उनले भने, यसको विस्तृत छानबिन गर्छौं।’मणिपाल अस्पताल निर्माण भएर सञ्चालनमा आएदेखि नै नगरपालिकालाई राजस्व तिरेर नक्सा पास लिएको थिएन। भारतीय कम्पनीबाट अस्पताल पोखराकै नारायण पौडेल र आनन्दराज बतास मिलेर ३ अर्ब ४० करोडमा खरिद गर्दा महानगरलाई तिर्नुपर्ने राजस्वको जिम्मेवारी पनि पौडेल र बतासले लिएका थिए।