स्वस्तीश्री गुरुकुलको ठगी धन्दा,गैर कानुनी रुपमा बिद्यार्थीसँग असुल्दै
वि.सं.२०८२ चैत २० शुक्रवार ०९:३८
shares

काठमाडौं । काठमाडौंको स्वयम्भूमा रहेको नीजि बिद्यालय स्वस्तीश्री गुरुकुलले सरकारी अनुमति बिनानै बिदेशी पाठ्यक्रम संचालन गराइरहेको खुलेको छ । सो बिद्यालयले नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति नै नलिई आईबी डिपी (+2 equivalent) को पाठ्यक्रम संचालन गरिरहेको हो ।
स्वस्तीश्रीले कक्षा ११ र १२ मा अनुमति नै नलिई आईबी डिपीको पाठ्यक्रम संचालन गरेर अभिभावक र बिद्यार्थीबाट लाखौ रुपैयाँ ठगी गरिरहेको छ । सो पाठ्यक्रम स्विट्जरल्यान्डको इन्टरन्याशनल बाकलोरिएट अर्गनाइजेसनको पाठ्यक्रम हो । जुन निकै महंगो पाठ्यक्रम मानिन्छ ।
सरकारले सो पाठ्यक्रमका लागि अनुमति बन्द गरेकै झण्डै ३ वर्ष पुगेको छ । अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई मिलेमतोमा सबै अभिभावकलाई ढाँटेर विद्यार्थीको भविष्यसँग खेलवाड गरी अनुमतिबिना नै पढाइरहँदा बिद्यार्थीको भविष्य र लगानी डुब्ने होकि भन्ने चिन्ता कतिपय अभिभावकको रहेको छ ।
सरकारी अनुमतिबिना पाठ्यक्रम सञ्चालन गर्दा समकक्षता निर्धारण नहुने जोखिम त छँदै छ, बिद्यार्थीले छात्रबृत्तिका लागि स्वदेश तथा बिदेशमा समेत मौका पाउन समस्या हुने देखिएको छ । बिद्यार्थीले विदेशमा अध्ययनका लागि जान खोजेमा उनीहरुले सरकारी निकायबाट प्राप्त हुने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) समेत पाउने छैनन् ।
















