काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि, पेट्रोल २०२ पुग्यो

मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि नेपाल आयल निगमद्वारा नयाँ मूल्य लागू, निगम अझै अर्बौं घाटामा

1.37K
shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा तेल महँगिएपछि निगमले इन्धनको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।निगमका अनुसार चैत १९ गते गरिएको निर्णयअनुसार आजैदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ।

नयाँ समायोजित मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १८२ रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ। अन्य वर्गका क्षेत्रमा पनि सोही अनुपातमा मूल्य समायोजन गरिएको छ।मूल्य वृद्धि भए पनि निगमले अझै ठूलो आर्थिक दबाब कायम रहेको जनाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिददरका कारण पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्न नसकिएको र यसले निगमलाई अझै घाटामा राखेको दाबी गरिएको छ।

निगमका अनुसार हाल पनि पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ तथा डिजेलमा १२० रुपैयाँभन्दा बढी घाटा रहेको छ। यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ४०० रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको अवस्था रहेको बताइएको छ।यदि यो मूल्य समायोजन नगरेको भए निगमलाई पाक्षिक रूपमा १३ अर्ब रुपैयाँभन्दा बढी घाटा हुने अवस्था रहेको थियो। नयाँ मूल्यपछि उक्त घाटा केही घटेर करिब ११ अर्ब रुपैयाँमा सीमित हुने अनुमान गरिएको छ।

निगमले इन्धन आपूर्ति सहज बनाउन, अन्तर्राष्ट्रिय भुक्तानी समयमै गर्न तथा बजार व्यवस्थापन सन्तुलित राख्न मूल्य समायोजन आवश्यक परेको जनाएको छ। साथै, उपभोक्तालाई इन्धनको मितव्ययी र जिम्मेवार प्रयोग गर्न विशेष आग्रह समेत गरिएको छ।