काठमाडौं, २६ साउन । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी

मनसुनी वायु सक्रिय, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना

897
shares

काठमाडौं २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, देशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

राति देशका पहाडी तथा तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, पहाडी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले नदी खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।