काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

काठमाडौंमा स्वस्तीश्री गुरुकुलद्वारा गैरकानुनी रूपमा आईबी डिपी सञ्चालन, विद्यार्थी–अभिभावक ठगिएको आरोप

सरकारी अनुमति बिना विदेशी पाठ्यक्रम सञ्चालन, लाखौँ शुल्क असुली; विद्यार्थीको भविष्य अन्योलमा

884
shares

काठमाडौं । काठमाडौंको सानो भर्याङमा रहेको निजी विद्यालय स्वस्तीश्री गुरुकुलले सरकारी अनुमति नलिई विदेशी पाठ्यक्रम सञ्चालन गरेर विद्यार्थी र अभिभावकलाई ठगी गरिरहेको आरोप लागेको छ।

विद्यालयले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति बिना नै कक्षा ११ र १२ मा इन्टरनेशनल इन्टरनेशनल ब्याकलोरिएट डिप्लोमा प्रोग्राम(IBDP)सञ्चालन गर्दैआएको पाइएको हो। यसरी अनुमतिविना भर्ना लिई लाखौँ रुपैयाँ शुल्क असुल गरिँदा सम्बन्धित सरकारी निकाय भने मौन देखिएको छ।स्रोतका अनुसार गैरकानुनी रूपमा विदेशीपाठ्यक्रम सञ्चालन गरेको विषय सार्वजनिक भएपछि विद्यालय व्यवस्थापन आफ्नो गल्ती ढाकछोप गर्ने प्रयासमा लागेको छ।आईबी डिपी स्विट्जरल्यान्डस्थित इन्टरनेशनल ब्याकलोरिएट अर्गनाइजेसनद्वारा सञ्चालन गरिने कक्षा ११ र १२ सरहको पाठ्यक्रम हो जुन अत्यन्त महँगो मानिन्छ। नेपालमा यस्तो पाठ्यक्रम सञ्चालन गर्न सरकारको अनिवार्य स्वीकृति आवश्यक पर्छ। तर स्वस्तीश्री गुरुकुलले उक्त प्रक्रिया पूरा नगरी नै कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ।यसरी अभिभावकलाई भ्रममा पारेर सञ्चालन गरिएको पाठ्यक्रमका कारण विद्यार्थीको भविष्य र लगानी दुवै जोखिममा परेको छ। शिक्षा मन्त्रालयका अधिकारी हरूका अनुसार अनुमतिविना सञ्चालन गरिएका पाठ्यक्रमको समकक्षता निर्धारण हुँदैन। साथै यस्ता विद्यार्थीले विदेश अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट(NOC)समेत पाउन सक्दैनन्।

मन्त्रालयले २०७२ सालदेखि विदेशी पाठ्यक्रमलाई नियमित रूपमा अनुमति दिएको छैन। यद्यपिमन्त्रिपरिषद्को विशेष निर्णयबाट केही विद्यालयले मात्र अनुमति पाएका थिए। मन्त्रालयका विद्यालय शाखा प्रमुख कृष्ण चन्द्र पोखरेलका अनुसार स्वस्तीश्री गुरुकुलले आईबी डिपी सञ्चालनको अनुमति पाएको छैन यद्यपि अनुमति माग्दै निवेदन दिएको छ।उनले निवेदन दिएकै आधारमा अनुमति नपाई कक्षा सञ्चालन गर्नु गैरकानुनी भएको स्पष्ट पारे।अनुमति नपाएको विदेशी बोर्डको परीक्षा दिँदा विद्यार्थीहरूले छात्रवृत्ति तथा विदेश अध्ययनका अवसर गुमाउने जोखिम पनि बढेको छ।

मन्त्रालयका अनुसार यस्ता संस्थाबाट प्राप्त प्रमाणपत्रलाई नेपालमा समकक्षता दिइँदैन।मन्त्रालयले विद्यार्थी र अभिभावकलाई भ्रममा पार्ने शिक्षण संस्थामाथि कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै आफ्ना छोराछोरी अध्ययन गर्ने विद्यालयले आवश्यक स्वीकृति पाएको छ वा छैन भन्ने विषयमा अभिभावक स्वयं सचेत हुनुपर्नेमा जोड दिइएको छ।शिक्षा क्षेत्रका जानकारहरूले अनुमतिविना विदेशी पाठ्यक्रम सञ्चालन गर्नु सरासर ठगी भएको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार यस्तो कार्यले नेपालको शिक्षा प्रणालीलाई समेत बदनाम बनाउने भएकाले तत्काल कारबाही आवश्यक छ।विद्यालयले भने अनुमति प्रक्रिया चलिरहेको दाबी गर्दै विद्यार्थी भर्ना लिइरहेको स्रोतले जनाएको छ।विद्यार्थीहरूले आईबी डिपी कार्यक्रममा दुई वर्षको अवधिमा प्रति विद्यार्थी २० लाख रुपैयाँभन्दा बढी शुल्क बुझाउने गरेका छन्। विद्यालयले आफ्नो वेबसाइटमा डिप्लोमा प्रोग्राम उल्लेख गरी विज्ञापनसमेत गर्दै आएको पाइएको छ।विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई भए पनि पाठ्यक्रमसम्बन्धी अधिकार संघीय सरकारअन्तर्गत पर्छ।नागार्जुन नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुँवरका अनुसार स्वस्तीश्री गुरुकुलले कक्षा १२ सम्म सञ्चालनको अनुमति पाएको भए पनि पाठ्यक्रमबारे स्थानीय तहलाई जानकारी नहुने बताए।