काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नाइमा नेपाल मोबिलिटी एक्स्पो आज सकिँदै, पाँच दिनमै १.५ लाखभन्दा बढी अवलोकनकर्ता

भृकुटीमण्डपमा जारी ६ दिने एक्स्पोको अन्तिम दिन आज; शनिबार मात्रै ४२ हजार दर्शक पुगे, ५५ भन्दा बढी ब्रान्डका नयाँ सवारी प्रदर्शनीमा।

546
shares

काठमाडौं, ३१ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी  नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आज समापन हुँदैछ । यही साउन २६ देखि सुरु भएको नाइमा एक्स्पो आइतबार (आज) समापन हुँदैछ ।६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन शनिबारसम्ममा लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेको आयोजकको दाबी छ ।

शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । एक्स्पोको उद्घाटनका दिन यही साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका आयोजकको तथ्याङ्क छ । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । नयाँ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् ।