हिमाली र पहाडी भू भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना, गण्डकी र सुदूरपश्चिममा भारी वर्षा हुन सक्ने
मनसुनी वायुको प्रभाव कायम; गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा केही तराई भू भागमा मेघगर्जन चट्याङसहित वर्षाको पूर्वानुमान।
वि.सं.२०८३ साउन ३१ आइतवार ०७:५३
shares

काठमाडौं, ३१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ ।हाल देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडीभू भागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू भागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भू भागका केही स्थानमा, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू भागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भू भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू भागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू भागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू भागका एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।


















