काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले पार्टीमा सामूहिक भावना, एकता र...

पुरा पढ्नुहाेस्

बाढीपीडितका लागि दुगड ग्रुपको १ करोड ११ लाख सहयोग

एमभी दुगड ग्रुप र कर्मचारीको स्वेच्छिक सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

936
shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एमभी दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

घटनाको तेह्रौँ दिन सोमबार परेको राष्ट्रिय शोक दिवसको सन्दर्भमा एमभी दुगड ग्रुपले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले संयुक्त रूपमा अर्थमन्त्री वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।एमभी दुगड ग्रुप तथा अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत समेटेर १ करोड ११ लाख रुपैयाँ बराबरको रकम अर्थमन्त्री वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष मोतीलाल दुगडले बताए।

यस विनाशकारी विपद्मा जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङ मुख्य कारकमध्ये एक रहेको उल्लेख गर्दै अध्यक्ष दुगडले ग्रुपले विगत पाँच वर्षदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।उनका अनुसार हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपेर संरक्षण गरिएको छ।

ग्लोबल वार्मिङको असर न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको वृक्षारोपण तथा संरक्षण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता अध्यक्ष दुगडले व्यक्त गरे।ग्रुपको तर्फबाट हस्तान्तरण गरिएको चेक बुझ्दै अर्थमन्त्री वाग्लेले विपद्का बेला निजी क्षेत्रबाट प्राप्त साथ र सहयोगले सरकारलाई थप बल मिलेको बताए। उनले विपद् व्यवस्थापनका लागि सरकारले आवश्यक सबै प्रयास गरिरहेको पनि बताए।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।एमभी दुगड ग्रुपले बाढीग्रस्त क्षेत्रमा खटिएका सुरक्षाकर्मीमार्फत थप राहत वितरणमा समेत सहयोग गर्ने जनाएको छ।