आजको राशिफल : भदौ २३ गते मंगलबार, कुन राशिको भाग्य कस्तो?
मेषदेखि मीनसम्म १२ राशिको दैनिक राशिफल, शुभ रङ र शुभ अङ्कसहित पञ्चाङ्ग विवरण
वि.सं.२०८३ भदौ २३ मंगलवार ०७:००
shares

आज वि.सं. २०८३ साल भाद्र २३ गते मंगलबार। इस्वी संवत् २०२६ सेप्टेम्बर ८ तारिख। नेपाल संवत् ११४६, रौद्र संवत्सर, दक्षिणायन, वर्षा ऋतु, श्रीशाके १९४८ अन्तर्गत भाद्र कृष्णपक्षको द्वादशी तिथि रहेको छ।दिउँसो १ बजेर ४८ मिनेटपछि त्रयोदशी लाग्नेछ। नक्षत्र तिष्य बेलुकी ४ बजेर ५५ मिनेटपछि अश्लेषा हुनेछ। योग परिध राति २ बजेर १ मिनेटपछि शिव रहनेछ। करण तैतिल दिउँसो १ बजेर ४८ मिनेटपछि गर तथा राति १२ बजेर ४६ मिनेटपछि वणिज हुनेछ।आनन्दादिमा प्रवद्र्ध योग रहेको आज चन्द्रमा कर्कट राशिमा रहनेछ।काठमाडौँमा आज सूर्योदय बिहान ५ बजेर ४६ मिनेट र सूर्यास्त बेलुकी ६ बजेर १४ मिनेटमा हुनेछ। दिनमान ३१ घडी १४ पला रहनेछ।
१२ राशिको राशिफल
मेष राशि: साझेदारी कामबाट फाइदा हुनेछ। नयाँ कार्यको योजना बन्नेछ। कामबाट सुख प्राप्त हुनेछ। पशुपालन तथा सवारीसाधनबाट लाभ मिल्नेछ। आज रातो रुमाल दान गर्दा शुभ हुनेछ। (शुभ रङ्ग: हरियो, शुभ अङ्क: ९)
वृष राशि: आर्थिक पक्ष सुधार हुनेछ। शारीरिक स्फूर्तिमा कमी आउन सक्छ। शत्रुहरू पराजित हुनेछन्। मुद्दामामिलामा जित्ने योग छ। आज कन्याहरूलाई कपडा वा श्रृङ्गारका सामान दान गर्दा शुभ हुनेछ। (शुभ रङ्ग: पहेँलो, शुभ अङ्क: ३)
मिथुन राशि: परिवारमा खुसीयाली बढ्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आत्मबल बढ्नेछ र मन प्रसन्न रहनेछ। आज पिता वा गुरुको सम्मान गर्दा शुभ फल प्राप्त हुनेछ। (शुभ रङ्ग: नीलो, शुभ अङ्क: ६)
कर्कट राशि: आर्थिक प्रगतिमा बाधा आउन सक्छ। दाम्पत्य सुख वृद्धि हुनेछ। नयाँ वस्तु खरिद गर्ने अवसर मिल्नेछ। साँझ चन्द्रमालाई सेतो फूल र जल अर्पण गर्नुहोला। (शुभ रङ्ग: गुलाबी, शुभ अङ्क: ७)
सिंह राशि: छोटो दूरीको यात्राको अवसर मिल्नेछ। धार्मिक कार्यमा मन जानेछ। सृजनात्मक र रचनात्मक काम हुनेछ। ‘ॐ घृणि सूर्याय नमः’ मन्त्र जपेर सूर्यलाई जल अर्पण गर्दा शुभ फल मिल्नेछ। (शुभ रङ्ग: हल्का रातो, शुभ अङ्क: १३)
कन्या राशि: आज सुनको प्रयोग नगर्नुहोला। यात्रा गर्दा सावधान रहनुहोला। साँझको तुलनामा बिहानको समय निकै शुभ रहनेछ। शिवजीलाई बेलपत्र चढाएर दिनको शुभारम्भ गर्नुहोला। (शुभ रङ्ग: खैरो, शुभ अङ्क: १६)
तुला राशि: धुम्रपान तथा मद्यपान सेवन नगर्नुहोला। सवारीसाधनबाट कष्ट हुन सक्छ। मावली पक्षबाट नराम्रो व्यवहारको सामना गर्नुपर्ने हुन सक्छ। आज पलासको बिरुवा स्पर्श गरेर दिनको सुरुवात गर्नुहोला। (शुभ रङ्ग: नीलो, शुभ अङ्क: १)
वृश्चिक राशि: मन प्रसन्न रहनेछ। दिउँसो १२ बजेपछि नयाँ कामको अवसर प्राप्त हुनेछ। हाडजोर्नीमा समस्या आउन सक्छ। हनुमानजीको स्मरण गर्दै रातो टीका लगाएर दिनको शुभारम्भ गर्नुहोला। (शुभ रङ्ग: सिम्रिक, शुभ अङ्क: ३)
धनु राशि: पारिवारिक समस्यामा दिन बित्न सक्छ। आमाबाबुको सेवा गर्ने अवसर मिल्नेछ। अध्ययन/अध्यापनमा सफलता मिल्नेछ। व्यापार वा नोकरी सामान्य रहनेछ। आज केरा वा पहेँलो फल दान गर्दा शुभ हुनेछ। (शुभ रङ्ग: रातो, शुभ अङ्क: १२)
मकर राशि: मान-सम्मान बढ्दै जानेछ। बिहानभन्दा बेलुकाको समय आनन्दमय रहनेछ। प्रेमबाट सुख प्राप्त हुनेछ। आजको दिन श्रम र धैर्यता राख्नुमै भलाइ हुनेछ। (शुभ रङ्ग: हल्का हरियो, शुभ अङ्क: २)
कुम्भ राशि: मन चञ्चल रहनेछ। आफन्तबाट घात हुन सक्छ। सन्तानको चिन्ता रहनेछ। आमाबाबुको आशीर्वाद लिनुहोला र पाञ्चायन देवताको सेवा गर्दा दिन शुभ रहनेछ। (शुभ रङ्ग: बैजनी, शुभ अङ्क: ५)
मीन राशि: स्वास्थ्यमा समस्या देखिन सक्छ। मन प्रसन्न रहनेछ। सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। आज पहेँलो वस्तुको अधिकतम प्रयोग गर्दा शुभ हुनेछ। (शुभ रङ्ग: नीलो, शुभ अङ्क: १४)














