काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

देउवा समूहको राष्ट्रिय भेला आज पनि जारी, १४ उपसमिति चयन गर्ने तयारी

सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि दोस्रो दिनको कार्यक्रम, साउन ३१ सम्म चल्ने भेलाको सभापतित्व डा. शशांक कोइरालाले गर्दै।

689
shares

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज दोस्रो दिन पनि जारी रहने भएको छ।सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा हिजोदेखि सुरु भएको भेला आज बिहान ११:०० बजे पुनः सञ्चालन हुने कार्यक्रम रहेको छ।

प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार भेला साउन ३१ गतेसम्म चल्नेछ। भेलाको सभापतित्व कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन्।सर्वोच्च अदालतले हालै कांग्रेसको नेतृत्व तथा आधिकारिकता विवादमा पुनरावलोकन गर्न अनुमति दिएपछि देउवा समूह थप सक्रिय बनेको छ। करिब पाँच महिना विदेशमा रहेका शेरबहादुर देउवा पनि यही भेलामा सहभागी हुन बिहीबार स्वदेश फर्किएका थिए।भेलामा सहभागी प्रतिनिधिलाई आफ्ना धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ। साथै, यही भेलाबाट कम्तीमा १४ वटा उपसमिति चयन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।