आजको मौसमः देशभर मनसुनी वायु सक्रिय, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको जोखिम, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि सतर्कता अपनाउन मौसम विभागको आग्रह।
वि.सं.२०८३ साउन ३० शनिवार ०६:५२
shares

काठमाडौं, ३० साउन । देशभर मनसुनी वायुको प्रभाव यथावत् रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर नेपाल
नजिक रहेको छ।
हाल देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेशका धेरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका
केही स्थानमा मध्यम वर्षा भइरहेको छ। बागमती र कोशी प्रदेशका थोरै स्थानमा पनि वर्षा जारी छ।महाशाखाका
अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ।देशका हिमाली र पहाडी भू भागका केही स्थानमा मेघगर्जन र
चट्याङसहित मध्यम वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।त्यसैगरी लुम्बिनी
र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराईका थोरै स्थानमा पनि
मेघगर्जनसहित वर्षाको सम्भावना छ।
बागमती, गण्डकी र कर्णालीका पहाडी भू भाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुन
सक्ने विभागले जनाएको छ।राति हिमाली र पहाडी भू भागमा साधारणतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने तराईका थोरै स्थानमा पनि
चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बागमती, गण्डकी, कोशी र लुम्बिनीका पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक दुई
स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।मौसम विभागले विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी
भू भाग मा एक दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।
यसका कारण गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा नदी खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेकाले ती
क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
विभागका अनुसार प्रतिकूल मौसमका कारण कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत
प्रभावित हुन सक्ने भएकाले पछिल्लो मौसम सूचनामा नियमित अद्यावधिक रहन अनुरोध गरिएको छ।


















