काठमाडौं, २५ भदौ। नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा भदौ २५ अर्थात् सेप्टेम्बर १० विभिन्न...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

व्यावसायिक प्रतिष्ठानलाई आवश्यकभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

होटेल, रेष्टुरेण्ट र पार्टी प्यालेसमा अनुगमनपछि निगमको निर्देशन, मौज्दात ग्यास सर्वसाधारणलाई बिक्री गर्न आग्रह

702
shares

काठमाडौं, २९ साउन। नेपाल आयल निगमले होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।निगमले बिहीबार जारी गरेको सूचनामा बजारमा १४.२ किलोग्रामका भरिएका एलपी ग्यास सिलिन्डरको नियमित आपूर्ति तथा बिक्री वितरण भइरहेको जनाएको छ। निगमका अनुसार गत असार ३१ गतेदेखि १४.२ किलोग्रामका सिलिन्डर बिक्री वितरण हुँदै आएका छन्।

निगमले साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा वितरण भइरहेको जानकारी दिएको छ। तर, पर्याप्त आपूर्ति हुँदाहुँदै पनि सर्वसाधारण उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो बढेपछि निगमले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ।द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा कतिपय व्यावसायिक प्रतिष्ठानले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेको भेटिएको निगमको भनाइ छ।निगमले त्यस्ता प्रतिष्ठानलाई अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चित नगर्न तथा मौज्दात रहेका सिलिन्डर सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न आग्रह गरेको छ।