काठमाडौं, २६ साउन । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

निर्वाचन आयुक्त सिफारिस भएका दुई जनाको आज संसदीय सुनुवाइ

गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई समितिसमक्ष उपस्थित गराई योग्यता र क्षमता मूल्यांकन गरिने

780
shares

काठमाडौं, १२ साउन । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। बैठक मंगलबार बिहान ११ः१५ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा आयोजना हुने भएको छ।

बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरिएका गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं) लाई समितिसमक्ष उपस्थित गराई संसदीय सुनुवाइ गरिने कार्यसूची रहेको छ।

सुनुवाइका क्रममा प्रस्तावित दुवै उम्मेदवारको योग्यता, अनुभव, क्षमता तथा संवैधानिक जिम्मेवारी निर्वाह गर्ने दक्षताबारे समितिले छलफल र मूल्यांकन गर्नेछ। सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि समितिले आफ्नो रायसहितको प्रतिवेदन अघि बढाउनेछ।