काठमाडौं, ८ साउन । मध्य पूर्वमा चर्कँदो द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता पुनः बढाएसँगै...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा १० रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

कालीमाटी बजारले सार्वजनिक गर्‍यो आइतबारको न्यूनतम थोक मूल्य, च्याउदेखि आँपसम्मको नयाँ मूल्यसूची

572
shares

काठमाडौं, साउन ३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ३५ रुपैयाँ र सानो (लोकल) गोलभेँडा प्रतिकिलो १० रुपैयाँ कायम गरिएको छ। यस्तै रातो आलु (लाम्चो) प्रतिकिलो ३६ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ तथा भारतीय सुकेको प्याज प्रतिकिलो ५३ रुपैयाँ निर्धारण गरिएको छ।तरकारीतर्फ लोकल गाँजर प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ तोकिएको छ।

यसैगरी लोकल घिउ सिमी १०० रुपैयाँ, हाइब्रिड घिउ सिमी ९० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका ५० रुपैयाँ, लोकल परवर ४० रुपैयाँ तथा घिरौला ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

त्यस्तै पाकेको फर्सी ५० रुपैयाँ, हरियो लाम्चो फर्सी ३० रुपैयाँ, डल्लो हरियो फर्सी ४० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

हरियो सागसब्जीमध्ये रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, चमसुरको साग १०० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरीलो ३०० रुपैयाँ तथा न्युरो ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो २८० रुपैयाँ, नेपाली केरा प्रतिकिलो २०० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन १८० रुपैयाँ, कागती प्रतिकिलो १४० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह आँप १५० रुपैयाँ, दसहरी आँप १६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ, हाइब्रिड काँक्रो १५ रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ तथा भारतीय मेवा १०० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको यो मूल्यसूची न्यूनतम थोक मूल्य भएकाले खुद्रा बजारमा स्थान, ढुवानी लागत तथा मागअनुसार मूल्यमा केही अन्तर हुन सक्ने जनाएको छ।