काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

रवि लामिछाने र बालेन शाहबीच राजनीतिक सहकार्यसम्बन्धी सात बुँदे सहमति

प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा बालेन लाइ अघि सारिने, रास्वपामा रविको निरन्तर नेतृत्व रहने

1.18K
shares

काठमाण्डौं । लामो समयको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सात बुँदे सहमति भएको छ । दुवै पक्षबीच भएको सहमतिले आगामी राष्ट्रिय राजनीतिमा नयाँ समीकरणको संकेत गरेको छ ।

सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व निरन्तरता दिनेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा बालेन शाहलाई संसदीय दलको नेताको रूपमा अघि सारिने सहमति भएको छ । यस सहमतिलाई वैकल्पिक र सुधारमुखी राजनीतिक धारलाई संस्थागत गर्ने प्रयासका रूपमा हेरिएको छ ।

सहमतिको मुख्य उद्देश्य लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राख्दै अघि बढ्नु रहेको उल्लेख गरिएको छ । सम्झौतापत्रमा भनिएको छ, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।

सात बुँदे सहमतिमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, राज्य सञ्चालनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने, सेवा प्रवाहलाई नागरिकमुखी बनाउने, स्थानीय सरकार र संघीय सरकारबीच समन्वय सुदृढ गर्ने जस्ता विषय समेटिएको बताइएको छ । साथै शिक्षा, स्वास्थ्य, रोजगारी र शहरी व्यवस्थापनलाई प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता पनि जनाइएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार रवि लामिछाने र बालेन शाहबीचको यो सहमतिले वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत गर्ने सम्भावना बढाएको छ । विशेष गरी शहरी मतदाता र युवापुस्तामाझ यस सहमतिले नयाँ आशा र चासो पैदा गरेको देखिन्छ ।

यद्यपि, सहमतिको कार्यान्वयन र आगामी निर्वाचन तथा सत्ता समीकरणमा यसको प्रभाव कस्तो रहनेछ भन्ने विषयमा भने थप स्पष्टता आउन बाँकी रहेको छ । दुवै नेताले सहमति कार्यान्वयनका लागि चरणबद्ध रूपमा संयुक्त पहल अघि बढाउने संकेत दिएका छन् ।