काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको राशिफल : वि.सं.२०८२ पौष १४ गते सोमवार, २०२५ डिसेम्बर २९ तारिख

1.86K
shares

वि.सं. २०८२ पौष १४ गते सोमवार तदनुसार ई. सं. २०२५ डिसेम्बर २९ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, आज काठमाण्डौंमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे हनेछ । पौष शुक्लपक्ष (पोहेलाथ्व) दशमी तिथि, भोलि बिहान ०३:३७ बजेसम्म, त्यसपछि एकादशी तिथि, अश्विनी नक्षत्र, मध्यरात्रीपछि ०२:४० बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), शिव योग, मध्यरात्रीपछि ०१:५० बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा तैतिल करण साँझ ०४:४२ बजेसम्म, त्यसपछि गर करण भोलि बिहान ०३:३७ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : साम्ब दशमी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कारोबार विस्तारलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। धर्म र सेवामुलक कर्मले गर्दा समाजमा मानसम्मानमा वृद्धि हुनेछ। उचित समय र भाग्यको उदयले गर्दा विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शारीरिक रुपमा केही दुर्बलता हुनसक्ने सम्भावना प्रबल रहेकाले खानपान र स्वस्थ्य जीवनशैलीमा ध्यान पुर्याउनु राम्रो हुन्छ। काममा मन नहुनाले केही ढिलासुस्ती होला त्यसैले लगनशील भएर कार्य गर्नुहोला। कुनै शुभ कार्य गर्नु भन्दा अघि भगवान गणेशलाई स्मरण गरेर अघि बढ्नाले बाधा पन्छिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वत: स्फुर्तीका साथ लिएको निर्णयले लाभ हुनेछ। गरेको काममा सफलता मिल्नाले मनमा शान्ति छाउला। आर्थिक पक्षमा धन हानि हुनसक्छ त्यसैले विचारपूर्वक खर्च गर्नुहोला। व्यापार व्यवसायमा मान्यजनको सहयोगले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पहिला गरेको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। आकस्मिक धन खर्च हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनावश्यक खर्च नगर्नुहोस्। कार्यक्षेत्रमा आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। थोरै लगानिले पनि धेरै लाभ गराउने समय रहेको छ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा मनोवान्छित नतिजाले प्रसन्न तुल्याउने छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पहिला गरेको लगानिमा सफल नहुनाले आम्दनीको स्रोत कमजोर रहनेछ। फाइदाको लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। हरेष नखाई गरेको कामले आराम देला। लगानी बिस्तार गर्न शुभ समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जिम्मेवारी बोध र कार्यको उचित सम्पादन गर्न सकेकाले मानसम्मानमा वृद्धि हुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यापार वा काममा सकारात्मक नतिजा देखिनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नयाँ अवसरको लागि संघर्ष गर्नुपर्ला। व्यक्तिगत रुचिको सामानमा धन खर्च हुनेछ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोला साथै हनुमानजीको आराधना गरेर मात्र यात्रामा निस्कनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन प्रफुल्ल रहनाले मुहारमा कान्ति छाईरहला। आर्थिक पक्ष सबल रहनाले लाभका नयाँ स्रोतहरू फेला पर्नेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। टाढाको यात्रा खर्चिलो र रोचक बन्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) छर छिमेकीसँग असमझदारी बढ्ने योग रहेकाले लेनदेन र रुखो बोली बोल्नबाट टाढा रहनुनै उचित हुन्छ। सोचेको नतिजा तत्काल प्राप्त नहोला त्यसैले परिश्रमलाई सर्वोपरी मानेरै कार्य गर्दा राम्रो। नोकरी वा पेशामा धैर्यताको परिचय दिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफुले गेरेको कार्यमा योग्यताको मूल्यांकन हुनाले कामबाट सम्मान मिल्नेछ। परिस्थिति र भाग्यको नियतिले नयाँ मार्गप्रशस्त गराउने समय रहेको छ। भौतिक सुख सुविधामा मन रमाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रियजनहरूसँगको अप्रत्याशित रमाईलो भेटघाटले दिन उत्साहजनक र प्रेममय रहनेछ। सद्भावनाको समन्वयले मनमा हर्ष र उमंगले डेरा जमाउनेछ नयाँ कार्य थालनी हुनेछ। साहासिक खेलको प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।