काठमाडौं, ३१ जेठ । विश्वकपमा खेलाडी मात्रै चर्चामा रहन्न, रेफ्री पनि उत्तिकै चर्चामा रहन्छन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

महालक्ष्मी नगरपालिकामा विद्यालय–स्तरीय कानुनी सचेतना कार्यक्रम सुरु

नगरपालिकाभित्रका सबै विद्यालयमा क्रमशः सञ्चालन गरिने उक्त कार्यक्रमको सुरुवात आज वडा नम्बर १ बाट गरिएको हो

3.89K
shares

ललितपुर , ७ मंसिर । महालक्ष्मी नगरपालिकाद्वारा आयोजना गरिएको शिक्षा र कानुनी जागरुकता–उज्यालो भविष्यको आधार भन्ने नारासहित को  विद्यालय–स्तरीय कानुनी सचेतना कार्यक्रम आजदेखि प्रारम्भ भएको छ।

नगरपालिकाभित्रका सबै विद्यालयमा क्रमशः सञ्चालन गरिने उक्त कार्यक्रमको सुरुवात आज वडा नम्बर १ बाट गरिएको हो।न्यायीक समितीकि संयोजक समेत रहेकि महालक्ष्मी नगरपालिका कि उप-मेयर लक्ष्मी महर्जन लेकार्यक्रमको मुख्य उद्देश्य माथी प्रकास पार्दै विद्यार्थीहरूलाई आफ्ना अधिकार, कर्तव्य तथा कानुनी व्यवहार सम्बन्धी स्पष्ट ज्ञान प्रदान गर्नुका साथै उनीहरूलाई जिम्मेवारीनागरिक बनाउन उत्प्रेरित गर्नु हो। यस अभियानमार्फत बालबालिकामा कानुनप्रति आवश्यक चेतना, अनुशासन, सामाजिक दायित्व र सुरक्षित जीवनयापनबारे सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको बताएकि छिन् । नगरपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनहरूमा अन्य वडाका सबै विद्यालयमा पुगेर प्रभावकारी रूपमा कानुनी शिक्षा प्रवाह गर्ने जनाएको छ। यो पहलले विद्यालय तहमै कानुनी सचेतना मजबुत बनाउन तथा उज्यालो भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास नगरपालिकाले लिएकोछ।