आजको राशीफलः २०८२ मङ्सिर ०८ गते सोमवार, २०२५ नोभेम्बर २४ तारिख
वि.सं.२०८२ मंसिर ८ सोमवार १०:०९
shares

आजको दिन ग्रह–नक्षत्रको संयोजनले मिश्र तर ऊर्जा–पूर्ण वातावरण बनाइदिन्छ। चन्द्रमा धनुबाट मकरमा प्रवेश गर्दैछ, जसले भावना र व्यवहारबीच सन्तुलन खोज्न प्रेरित गर्छ। हेमन्त ऋतुको सौम्य वातावरणमा उपलब्धि, कर्म र शान्तिको संयोजन चल्नेछ।
🔶 आजको पञ्चाङ्गः वार: सोमवार,तिथि: शुक्ल पक्ष चतुर्थी — बेलुका ६:२५ सम्म त्यसपछि पञ्चमी, नक्षत्र: पूर्वाषाढा — बेलुका ८:०५ सम्म, त्यसपछि उत्तराषाढा, योग: शूल — दिउँसो १२:०२ सम्म त्यसपछि गण्ड, करण: विष्टि/भद्रा — बेलुका ६:२५ सम्म, त्यसपछि बव — भोलि बिहान ६:५७ सम्म, अन्त्यमा बालब, चन्द्रमा: धनु → मध्यराति २:२९ पछि मकर, योगिनीदिशा: नैऋत्य — ६:२५ सम्म, त्यसपछि दक्षिण,वारशूल: पूर्व,विशेष योग: विवाह तथा अग्निकर्मका लागि अनुकूल,काठमाडौँ सूर्योदय/सूर्यास्त: ६:३३ बजे / ५:०७ बजे
राशीफलः ♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रबाट उत्साहजनक खबर सुन्न सकिने दिन। अभिभावक वा वरिष्ठको सुझाव मान्दा लक्ष्य नजिकिन्छ। आत्मबल बढ्ने समय भएकाले नाम–प्रतिष्ठा कमाउने मौका छ। प्रेमसम्बन्ध झनै मधुर हुन सक्छ। भाग्यबल: १००% | शुभ संख्या: ९ | रंग: पहेंलो | दिशा: पूर्व, काम सुरु गर्नु अघि ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः १९ पटक जप।
♉ बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीसँग सानो मनमुटावले दिन अलि भारी हुने संकेत। नयाँ निर्णय लिनुभन्दा संयम अपनाउनुपर्ने समय। घर–परिवारसँग समय बिताउँदा मन हलुका हुन्छ।भाग्यबल: ००% | शुभ संख्या: ८ | रंग: सेतो/पहेंलो | दिशा: उत्तर,कार्य अघि ॐ मृत्युञ्जयाय नमः २१ पटक जप गर्नु लाभदायी।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनोरञ्जनतिर आकर्षण बढे पनि भविष्य सुरक्षित गर्न मिहिनेत आवश्यक। व्यक्तित्वमा चमक आउने, प्रेमभावना बलियो बन्ने दिन। तर अत्यधिक आत्मकेन्द्रीत बन्ने हो भने नजिकका मान्छे टाढिन सक्छन्। भाग्यबल: १५% | शुभ संख्या: ७ | रंग: रातो | दिशा: पश्चिम, काम अघि ॐ साम्बसदाशिवाय नमः २१ पटक जप।
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकान्त मन पर्ने तथा आत्मिक शान्ति पाइने दिन। तर हठीपनले वातावरण बिग्रिन सक्छ। स्वास्थ्य वा विवादले अलमल्याउने संकेत। ऊर्जा–धातु–इलेक्ट्रिक व्यवसायीका लागि समय अनुकूल।
भाग्यबल: १००% | शुभ संख्या: ६ | रंग: सेतो | दिशा: दक्षिण,काम अघि ॐ सों सोमाय नमः ११ पटक जप।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक वातावरण सामान्य, तर खर्च बढ्नसक्छ। अध्ययन–अनुसन्धानका लागि प्रेरणादायी दिन। आन्तरिक शक्ति बृद्धि हुने, कामले सबैलाई प्रभावित पार्ने मौका।
भाग्यबल: ९०% | शुभ संख्या: ५ | रंग: सेतो | दिशा: पूर्व,काम अघि ॐ ऐं सरस्वत्यै नमः ११ पटक जप।
♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरायसी तनावले पढाइ–ध्यान विचलित हुनसक्छ। महत्वपूर्ण निर्णयमा मन केन्द्रित नहुने संकेत। आफ्नो विषयमा अरुको हस्तक्षेप बढ्न सक्छ—सचेत रहनु उपयुक्त।
भाग्यबल: ००% | शुभ संख्या: ४ | रंग: घिउरङ | दिशा: उत्तर,काम अघि ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः ११ पटक जप।
♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक र परोपकारी कार्यमा मन जाने दिन। दाजुभाइ–चेलीबेटीसँग संबंध बलियो हुने। सेवामूलक क्षेत्रमा संलग्नका लागि फलदायी समय। पुराना सम्झनाले भावुक बनाउन सक्छ।
भाग्यबल: १००% | शुभ संख्या: ३ | रंग: गुलाबी/सिन्दुरे | दिशा: पश्चिम,काम अघि ॐ भालचन्द्राय नमः २१ पटक जप।
♏ बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धनप्राप्ति र दीर्घकालीन लगानीका लागि राम्रो दिन। कामको प्रशंसा बढ्ने, उपहार पाउने सम्भावना। तर बोलिचालामा सतर्कता आवश्यक—साना कुरामा विवाद हुनसक्छ।
भाग्यबल: ७०% | शुभ संख्या: २ | रंग: घिउरङ | दिशा: दक्षिण,काम अघि ॐ चं चन्द्रमसे नमः ११ पटक जप।
♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जोखिम देखिए पनि काम सहजै अघि बढ्ने। अनुभवी व्यक्तिको सहयोगले क्षमता अझ प्रखर हुन्छ। प्रेमसम्बन्धमा निकटता बढ्ने समय।
भाग्यबल: ७५% | शुभ संख्या: १ | रंग: पहेंलो | दिशा: पूर्व,काम अघि ॐ देवगुरुभ्यो नमः १९ पटक जप।
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लक्ष्य पूरा गर्न प्रतिस्पर्धामा कुद्नुपर्ने दिन। खर्च बढेर आर्थिक दवाव आउन सक्छ। पारिवारिक सम्बन्धमा चर्काचर्की सम्भव—सचेत रहनु राम्रो।
भाग्यबल: ००% | शुभ संख्या: ३ | रंग: सेतो | दिशा: उत्तर,काम अघि ॐ नमः पशुपतये २१ पटक जप।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुनै नयाँ प्रस्तावमा छलफल हुने दिन। खर्च घटाएर भए पनि लगानी गर्नु लाभदायी। घरायसी काममा बढी खटिनुपर्ने समय। संस्कार–संस्कृतिबारे सिकाउन मन चाहन सक्छ।
भाग्यबल: ६०% | शुभ संख्या: २ | रंग: घिउरङ/सेतो | दिशा: पश्चिम,काम अघि ॐ सुधाकराय नमः ११ पटक जप।
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हाकिमको सहयोगले नयाँ काम सुरु गर्न सकिन्छ। व्यक्तिगत जिम्मेवारी बढ्नाले समय अभाव महसुस हुनसक्छ। तर मिहिनेतले महत्वपूर्ण उपलब्धि हात पर्न सक्छ।
भाग्यबल: ८५% | शुभ संख्या: १ | रंग: सेतो/घिउरङ | दिशा: दक्षिण,काम अघि ॐ शशिशेखराय नमः २१ पटक जप।
















