बाँकेका किसानलाई मल अभावले आजित बनायो
बाँकेमा कुल ५३ हजार ८ सय हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३६ हजार ५०० हेक्टर जमिनमा धान खेती लगाउने गरिएको छ
वि.सं.२०८२ भदौ १७ मंगलवार १९:३३
shares

एवान खबर
नेपालगन्ज, १६ भदौ ।
कृषि प्रधान देशमा समयमा मल बिउ नपाउनु किसानको नियति नै बनेको छ । पर्याप्त मलको अभावमा यतिबेला बाँकेका किसान छटपटाइ रहेका छन् ।
खेतीको समयमा हरेक दिन कृषि सहकारी धाउदा पनि २५ किलो मल नपाएर किसान रातीदेखी दिनभर लाईन बसेर रित्तो हात फर्किन बाध्य छन् । बाँके जिल्लाका ८ स्थानीय तह सबै तिर आजभोलि यस्तै नियत किसानले भोगिरहेका छन् । सरकारले पर्याप्त मल भएको भर्सन दिए पनि किसानले मल नपाउँदा देश ब्यापी नै रोदन गरिरहेका छन् ।
आकाशे पानीको भरमा जसोतसो खेती लगाएका किसानलाई भनेको बेला मल नपाउँदा उत्पादन घट्नेमा निराशा व्यक्त गरिरहेका छन।
बाँकेमा कुल ५३ हजार ८ सय हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३६ हजार ५०० हेक्टर जमिनमा धान खेती लगाउने गरिएको छ । अहिले किसानको लागि युरिया मल आवश्यक भए पनि भनेको बेला प्राप्त गर्न नसकेको उनीहरूको गुनासो छ । यता कृषि सामाग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ्ले अनुदानको मल विक्री वितरण गर्दै आएका छन् । बाँके जिल्लामा करीब ११ हजार मेटृक टन मलको आवश्यक भए पनि त्यो परिमाणमा वितरण हुन सकेको छैन । गत आर्थिक वर्ष बाँके जिल्लामा सबैभन्दा बढी युरिया ६ हजार, डिएपी २ हजार ५०० र पोटास ३०० मेटृक टन वितरण गरिएको थियो तर यो वर्ष ३ हजार मात्र पुगेको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख पुष्पराज श्रेष्ठले बताए ।
सरकारले दिने विवरण एकातिर र किसानहरुको माग अर्कोतिर हुँदा किसानको हातमा समयमा मल बीउ पर्न नसकेको गुनासो हरेक वर्ष हुँदै आएको छ ।









