काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले पार्टीमा सामूहिक भावना, एकता र...

पुरा पढ्नुहाेस्

आजको तरकारी तथा फलफूलको मूल्यः गोलभेँडा ८ रुपैयाँदेखि, सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक, तरकारीदेखि फलफूलसम्मको अद्यावधिक मूल्यसूची जारी।

1.39K
shares

काठमाडौं, ३२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक रूपमा प्रकाशित गर्ने मूल्यसूचीअनुसार तरकारी तथा फलफूलको थोक मूल्य अद्यावधिक गरिएको हो।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३० रुपैयाँ तथा प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी गाँजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ तथा भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ।

घिउ सिमी (लोकल) र घिउ सिमी (हाइब्रिड) दुवै प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, तीते करेला प्रतिकिलो ३० रुपैयाँ, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ३० रुपैयाँ तथा घिरौला प्रतिकिलो ४० रुपैयाँ रहेको समितिले जनाएको छ।

यस्तै, पाकेको फर्सी प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ८० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, भिण्डी प्रतिकिलो ३० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, पिंडालु प्रतिकिलो ९० रुपैयाँ तथा स्कुस प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ।

हरियो सागसब्जीतर्फ रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो प्रतिकिलो ८० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ९० रुपैयाँ कायम गरिएको छ। च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २४० रुपैयाँ, डल्ले च्याउ प्रतिकिलो ३५० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ तथा सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँ रहेको छ। कुरीलो प्रतिकिलो २५० रुपैयाँ र न्युरो प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, नेपाली केरा प्रतिकिलो २०० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन १८० रुपैयाँ, कागती प्रतिकिलो १४० रुपैयाँ, अनार प्रतिकिलो ४५० रुपैयाँ, मालदह आँप प्रतिकिलो १४० रुपैयाँ, दसहरी आँप प्रतिकिलो १५० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ कायम गरिएको छ।

यस्तै काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, नेपाली मेवा प्रतिकिलो ८० रुपैयाँ तथा भारतीय मेवा प्रतिकिलो १०० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

समितिले सार्वजनिक गर्ने यी मूल्यहरू न्यूनतम थोक मूल्य भएकाले खुद्रा बजारमा भने स्थान, माग र आपूर्तिको अवस्थाअनुसार फरक हुन सक्ने जनाएको छ।