काठमाडौं, २६ साउन । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

मेसीको जादुई पास, लाउटारोको निर्णायक गोलमा अर्जेन्टिना फाइनलमा

इंग्ल्यान्डमाथि २–१ को रोमाञ्चक जितपछि विश्वकप उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा

1.25K
shares

काठमाडौं, ३२ असार । फिफा विश्वकप २०२६ अन्तर्गतको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा सम्पन्न रोमाञ्चक खेलमा निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।

खेलको दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा परेको अर्जेन्टिनाका लागि ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा पुर्‍याए।त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा लियोनल मेसीले दिएको आकर्षक क्रसमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले उत्कृष्ट हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।

यस जितसँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि युरोपेली च्याम्पियन स्पेनसँग आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।यता, पराजित इंग्ल्यान्डले तेस्रो स्थानका लागि शनिबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।