काठमाडौं, २६ साउन । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

देशभर ४५.८१ प्रतिशत मात्रै धान रोपाइँ, गत वर्षभन्दा प्रगति सुस्त

मनसुन ढिलो सुरु हुनु र मलखाद अभावका कारण अधिकांश प्रदेशमा रोपाइँ प्रभावित, गण्डकी प्रदेशमा सबैभन्दा बढी ६५.९ प्रतिशत रोपाइँ सम्पन्न

1.17K
shares

काठमाडौं, २८ असार ।देशभर असार २६ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ४५.८१ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।गत वर्ष सोही अवधिमा ५९.२८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो। यसले यस वर्ष धान रोपाइँको गति अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुस्त रहेको देखाएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभरको १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ६ लाख २७ हजार ५६६ हेक्टर क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

प्रदेशगत विवरणअनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ६५.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत, बागमती प्रदेशमा ५७.१ प्रतिशत, कर्णाली प्रदेशमा ४०.५ प्रतिशत,मधेश प्रदेशमा ३२.८ प्रतिशत र कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ।

गत वर्ष सोही अवधिमा भने सुदूरपश्चिम प्रदेशमा ९३.१० प्रतिशत,कर्णालीमा ८३.२३ प्रतिशत,बागमतीमा ७६.३१ प्रतिशत,लुम्बिनीमा ७३.६८ प्रतिशत,गण्डकीमा ७१.०३ प्रतिशत,कोशीमा ४१.३२ प्रतिशत र मधेशमा ३३.७८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो।मन्त्रालयको तथ्यांकले यस वर्ष अधिकांश प्रदेशमा धान रोपाइँको प्रगति गत वर्षको तुलनामा कम रहेको देखाएको छ। यसको प्रमुख कारण मनसुन ढिलो सुरु हुनु र रासायनिक मलको पर्याप्त व्यवस्था हुन नसक्नु रहेको मन्त्रालयले जनाएको छ।