काठमाडौं, ८ साउन । मध्य पूर्वमा चर्कँदो द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता पुनः बढाएसँगै...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिड्ने

अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलले साविक विजेता अर्जेन्टिनालाई अन्तिम चारमा पुर्‍यायो।

949
shares

काठमाडौं, २८ असार । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।भर्खरै सम्पन्न क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो। कान्सास सिटी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेटमा बराबरी भएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो।खेलको सुरुआतमै अर्जेन्टिनाले अग्रता लिएको थियो। लियोनेल मेस्सीको उत्कृष्ट कर्नर प्रहारलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा मेस्सीले दिएको सटिक पासमा नाहुएल मोलिनाले अवसर पाए पनि गोल गर्न सकेनन्। त्यसपछि स्विट्जरल्यान्डले खेलमा पुनरागमन गर्दै आक्रामक खेल प्रदर्शन गर्‍यो। डान एनडोयेले गरेको प्रयासलाई अर्जेन्टिनाका रक्षक लिसान्ड्रो मार्टिनेजले रोके भने अर्को प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गरे। अन्ततः स्विट्जरल्यान्डले ७३औँ मिनेटमा बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएको थियो।निर्धारित समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त ३० मिनेटमा पुगेको थियो।अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको अतिरिक्त मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे। यो जितसँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले बुधबार एटलान्टामा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।