काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

भारत अब ब्ल्याकमेलिङ सहँदैनाै : प्रधानमन्त्री मोदीको स्वतन्त्रता दिवस सम्बोधन

3.04K
shares

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब आणविक खतरा र ब्ल्याकमेलिङ सहँदैन भन्ने चेतावनी दिएका छन्।
७९औं स्वतन्त्रता दिवसको अवसरमा राजधानी दिल्लीको लाल किल्लामा झण्डा फहराउँदै सम्बोधन गरेका मोदीले “हामी अब ब्ल्याकमेलिङ सहन सक्दैनौं” भन्दै दृढता प्रकट गरे।
मोदीले लगातार १२औं पटक लाल किल्लाको पर्खालबाट राष्ट्रलाई सम्बोधन गरेका हुन्। यस क्रममा उनले अपरेशन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्दै भने— “हाम्रा सैनिकहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिएका छन्। पूरा भारत क्रोधले भरिएको छ, र अपरेशन सिन्दूर यही क्रोधको अभिव्यक्ति हो।”
प्रधानमन्त्रीले भारतीय नदीको पानीबारे पनि टिप्पणी गर्दै भने— “भारतले रगत र पानी एकसाथ बग्ने छैन भन्ने निर्णय गरेको छ। हामी आफ्नो भागको पानी पाउनेछौं, शत्रुहरूको खेतमा भारतीय पानी सिँचाइका लागि प्रयोग हुन दिनेछैनौं।”
सम्बोधनमा मोदीले ‘मेड इन इन्डिया’ लडाकु विमानहरूको लागि स्वदेशी जेट इन्जिन निर्माणको आवश्यकता जोड दिए। उनका अनुसार, बाहिरी स्रोतमा धेरै निर्भर रहँदा स्वतन्त्रताको अर्थ धमिलो हुन्छ।