काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत निर्वाचित गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

राजेन्द्र वाग्लेको फरक धारको उपन्यास ‘अन्तिम छाल’ आइतबार सार्वजनिक हुने

1.86K
shares

काठमाण्डौ,२३ साउन । नेपाली साहित्यमा फरक स्वाद दिने नयाँ कृति चाँडै पाठकको हातमा पुग्ने भएको छ । साहित्यकार तथा कलाकार राजेन्द्र वाग्लेले लेखेको उपन्यास अन्तिम छाल यही आइतबार सार्वजनिक हुँदैछ ।सर्वोच्च अदालतको उपसचिव पदबाट अवकाश पाएका वाग्लेले लामो समयको न्याय सेवा अनुभवकै पृष्ठभूमिमा उच्च पदाधिकारीको प्रेमकथा र नेपाली समाजको वास्तविक परिवेशलाई उपन्यासमा उतारेका छन् ।

यस कृतिको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानमा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व न्यायाधीश इश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ अभिनेता सरोज खनाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा हुने तय भएको छ ।

अन्तिम छाल मा समावेश देशभक्तिपूर्ण गीत ‘आगो बनेर बल्न सक्छु’ यसअघि नै सार्वजनिक भइसकेको छ । वाग्ले यसअघि विभिन्न म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेका छन् ।