काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

8.55K
shares

काठमाडौं, ५ साउन । नेपाल प्रहरीले ११ जना प्रहरी अधिकृतलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका सिफारिस गरेको छ । प्रहरी  नायब उपरीक्षक (डीएसपी) पदमा कार्यरत ११ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार यसरी बढुवाका लागि सिफारिस भएका डीएसपीहरूमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का छन ।