काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत निर्वाचित गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

देशभर मनसुनी प्रभाव : पहाडी भेगमा भारी वर्षा र हिमपातको सम्भावना

5.49K
shares

काठमाडौं, ४ साउन । देशभर अहिले सक्रिय मनसुनी प्रणालीका कारण मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले विशेषगरी पहाडी क्षेत्रहरूमा प्रभाव बढी देखिएको छ । कोशी, बागमती र मधेश प्रदेशसहितका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानहरूमा आंशिक बदली छ । कोशी र बागमतीका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

 दिउँसोसम्म देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । अन्य भू-भागका केही स्थानहरूमा पनि यस्तै खालको वर्षा हुनसक्ने जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रहरूमा भने भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ । यसैगरी, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका कतिपय स्थानहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि रहेको मौसम महाशाखाले जनाएको छ ।