काठमाडौं, ११ साउन । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारमा १५% सम्म सहुलियत

निःशुल्क दर्तादेखि एक्स–रेसम्मका सुविधा, आरसीटी, इम्प्लान्ट, ब्रेसेसलगायत विशेषज्ञ सेवामा पनि छुट

130
shares

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ।

बैंक र क्लिनिकबीच भएको सम्झौताअनुसार नबिल बैंकका ग्राहकले दन्त उपचारसम्बन्धी विभिन्न सेवामा विशेष छुटका साथै केही सेवा निःशुल्क प्राप्त गर्नेछन्। सम्झौताअनुसार ग्राहकलेनिःशुल्क दर्ता,प्रारम्भिक परीक्षण (डायग्नोस्टिक सेवा),उपचार योजना,फलोअप परीक्षणतथाएक्स–रे सेवानिःशुल्क पाउनेछन्।

यस्तै, निवारक दन्त उपचारअन्तर्गतस्केलिङ,पिट एन्ड फिसर सिलेन्ट,क्लास १–५ फिलिङतथाएक्वाकेयर पोलिसिङसेवामा१५ प्रतिशत छुटउपलब्ध हुनेछ।विशेषज्ञ दन्त उपचारअन्तर्गतरुट क्यानल ट्रिटमेन्ट (आरसीटी),क्राउन,ब्रेसेस,एलाइनर,इम्प्लान्टतथापेरियोडोन्टल उपचारमा १० प्रतिशत छुटप्रदान गरिने नबिल बैंकलेजनाएको छ।

यो सुविधानबिल डेबिट तथा क्रेडिट कार्ड,नबिल मोबाइल बैंकिङवाबैंक ट्रान्सफर मार्फत भुक्तानी गर्ने ग्राहकले प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार उक्त विशेष अफर २० जुन २०२७सम्म लागू रहनेछ।नबिल बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवासँगै स्वास्थ्य, शिक्षा, होटल तथा अन्य सेवा क्षेत्रमा समेत थप मूल्य प्रदान गर्ने उद्देश्यले विभिन्न सेवा प्रदायक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ।