काठमाडौं, ८ साउन । मध्य पूर्वमा चर्कँदो द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता पुनः बढाएसँगै...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

देशभर मनसुनी प्रभाव कायम, आज भारीदेखि अति भारी वर्षाको सम्भावना

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा अति भारी वर्षाको जोखिम,बाढी पहिरोबाट सतर्क रहन मौसम विभागको आग्रह

481
shares

काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, पहाडी भू-भागका अधिकांश स्थान तथा तराईका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थान, साथै मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा, साथै तराईका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ भने मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी प्रदेशका केही स्थानमा अति भारी वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ।

मौसमविद्हरूका अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बहाव बढ्ने, बाढी, पहिरो, डुबान र भू-क्षयको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले विभागले स्थानीय प्रशासन तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ।